Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • जेठमा बैंक निक्षेप ब्याजदर यथावत रहने

    जेठमा बैंक निक्षेप ब्याजदर यथावत रहने

    अनलाइन नेपाल
  • बिहिबार, २८ बैशाख २०८०
  • 540
    SHARES

    काठमाडौं । आगामी जेठमा बैंकहरूको निक्षेप ब्याजदर यथावत रहने भएको छ ।

    बैंकर्स संघको कार्यकारी समितिको बिहीबार बसेको बैठकले जेठमा ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो ।



    माघमा ११ प्रतिशतमा झरेको ब्याजदर वैशाखमा एकल अंक ९.९९ प्रतिशतमा झारिएको थियो । जेठमा पनि यही ब्याजदर कायम हुने भएको हो ।



    अहिले संस्थागत मुद्दती निक्षेप ब्याजदर ७.९९ प्रतिशत र बचतको ब्याजदर ५.४ प्रतिशत देखि ७.४ प्रतिशतसम्म छ ।

    ब्याजदर घटाउँदा पनि निक्षेपमा खासै सुधार नभएको भन्दै बैंकर्स संघले जेठमा ब्याजदर यथावत राख्ने निर्णय गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार