Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

टी–२० विश्वकप : उपाधिका लागि आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै

काठमाडौं । आईसीसी टी–२० विश्व कप क्रिकेटको उपाधिका लागि आज इङ्ल्यान्ड र पाकिस्तान खेल्दैछन् । फाइनल खेल अस्ट्रेलियाको मेलबर्न मैदानमा नेपाली समय अनुसार दिउँसो पौने दुई बजे सुरु हुनेछ । टी–२० विश्व कपको यो आठौँ संस्करण हो ।

इङ्ल्यान्ड र पाकिस्तान तेस्रो पटक फाइनलमा पुगेका हुन् । यो संस्करणको विजेताले दोस्रो पटक उपाधि जितेर वेस्ट इन्डिजसँगको रेकर्ड बराबरी गर्नेछ । वेस्ट इन्डिज समूह चरणबाटै बाहिरियो ।

पाकिस्तानले सेमिफाइनलमा न्युजिल्यान्डलाई हराएको थियो भने इङ्ल्यान्डले भारतलाई १० विकेटले हराएको थियो । लगातार दुई खेलमा पराजित पाकिस्तान सुपर–१२ को समूह ‘२’ मा दक्षिण अफ्रिका, नेदरल्यान्ड्ससँग पराजित हुँदा उपविजेताका रुपमा सेमिफाइनलमा पुग्न सफल भयो ।

नेपाली समयअनुसार १ः४५ बजे सुरु हुने यस खेलका लागि सबै टिकट बिक्री भइसकेको छ । ९० हजार दर्शकले हेर्ने अनुमान गरिएको यो खेल वर्षाले बिथोलिने चिन्ता पनि उत्तिकै छ । मेलबर्नको मौसम अनिश्चित हुने भएकाले पनि फाइनल बिथोलिन सक्ने चिन्ता देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077