Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

लागूऔषधसहित झापाबाट एकजना पक्राउ

झापा । झापामा लागूऔषधसहित शनिबार एकजना पक्राउ परेका छन् ।

लागूऔषध नियन्त्रण व्युरो काँकडभिट्टा, इलाका प्रहरी कार्यालय धुलावारी र इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले कचनकवल १ घर भई हाल बुद्ध शान्ति(३ बस्ने वर्ष ३१ को मोहमद हुसेनलाई पक्राउ गरेको हो ।

हुसेनलाई चेक जाँच गर्दा प्रतिबन्धित लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिस्याइलो पदार्थ १०२ ग्रामसहित फेला परेको प्रहरीले जनाएको छ ।

उनीसँग थप सोधपुछ गर्दा झापाको मेचीनगर ८ बस्ने विकाश राजबंशी कोठामा लुकाई छिपाइ राखेको प्रतिबन्धित लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिस्याइलो पदार्थ २५ ग्राम २५० मिलिग्राम र डिजिटल तराजु थान १ फेला परेको हो ।

इलाका प्रहरी कार्यालय धुलावारीमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077