Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिका-७ गोठगाउँमा भारतीय नम्बर प्लेटको कारले ठक्कर दिँदा शनिबार राति मोटरसाइकल चालकको मृत्यु भएको छ ।

पूर्व–पश्चिम लोकमार्गअन्तर्गत पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को ३१ प ७२६६ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बी आर ३८ एन २२०२ नम्बरको कारले राति ९:२० बजेतिर ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परेर मोटरसाइकल चालक मोरङको केराबारी गाउँपालिका–७ का ४२ वर्षीय उत्तमकुमार मगरको मृत्यु भएको मोरङ ट्राफिक प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका मगरको उपचारका क्रममा सामुदायिक अस्पताल इटहरीमा राति १०:३० बजेतिर मृत्यु भएको थियो।

प्रहरीले नियन्त्रणमा लिएर कार चालक भारत अररिया बेलाईका २५ वर्षीय रविकुमार दासमाथि अनुसन्धान सुरु गरेको छ ।

मोटरसाइकल चालकको साथमा सवारी चालक अनुमति पत्र 'लाइसेन्स' लगायतका कागजात फेला नपरेको प्रहरीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट सवारीसाधनको तीव्र गतिका कारण दुर्घटना भएको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077