Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • भोजपुरमा वडाअध्यक्षबाटै कुटिए वृद्ध

    भोजपुरमा वडाअध्यक्षबाटै कुटिए वृद्ध

    अनलाइन नेपाल
  • आइतबार, २७ कार्तिक २०७९
  • 837
    SHARES

    भोजपुर । भोजपुर नगरपालिका-१ का वडाअध्यक्षको कुटाइबाट एक वृद्ध घाइते भएका छन् । वडाध्यक्ष जिरामणि राईले ६२ वर्षीय लोकबहादुर राईलाई कुटेका हुन् ।

    भोजपुर-१ डाँडाबोखिमको मिलडाँडामा छोरा सुगेन राईले लगेको २० हजार नतिरेको भन्दै जिरामणि दम्पतीले लोकबहादुरलाई कुटपिट गरेका हुन् ।



    लोकबहादुरको देब्रेपट्टिको कानको जालीमा असर परेको र टाउकोको चोटबाट रगत बगेको पारिवारिक स्रोतले जनाएको छ ।
    जिल्ला प्रहरी कार्यालय, भोजपुरले चुनावपछि आउनु भन्दै जाहेरी लिन नमानेको पीडितले बताए ।



    राजनीतिक दबाबमा परेर प्रहरीले दोषी उम्काउने प्रयास गरेको आरोप उनीहरूको छ । गत बैशाखमा भएको स्थानिय तहको चुनावमा जिरामणि माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार