Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रभु साहलाई किन सहयोग गरेको भन्दै पाँच जनप्रतिनिधिलाई एमालेले सोध्यो स्पष्टीकरण

रौतहट । नेकपा (एमाले) ले रौतहटका केही स्थानीय तहमा निर्वाचित मेयर र उपमेयरहरूलाई स्पष्टीकरण सोधेको छ ।

स्वतन्त्र उम्मेदवार प्रभु साहलाई चुनावमा सहयोग गरेको भन्दै एमाले मधेस प्रदेश समितिले उनीहरुलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

रौतहटका देवाहिगोनाही नगरपालिकाका प्रमुख प्रेमलाल साह कानु, गरुडा नपाका प्रमुख कन्थमणि जयसवाल, मौलापुर नपाका प्रमुख रिनादेवी साह, देवाहिगोनाही नपाकी उपमेयर परनिया देवी, मौलापुर नपाका उपमेयर नागेन्द्र राय यादवलाई स्पष्टीकरण सोधिएको हो ।

पत्रमा २०७९ मंसिर ४ गते हुने निर्वाचनका विषयमा पार्टीको निर्णय विपरीत हिँडेकाले यो स्पष्टीकरण सोधिएको जनाइएको छ।

पार्टीको कार्यकर्ता पार्टीको निर्णय विपरीत तथा पाटीको विरोधमा लाग्नुको वास्तविकता के हो ? स्पष्ट खुलाई २४ घण्टाभित्र नेकपा (एमाले) मधेश प्रदेश कार्यालयमा जवाफ पठाउन निर्देशन दिइएको छ । चित्त बुझ्दो जवाफ नआए बाध्य भएर पार्टीले कारबाही गर्ने चेतावनी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077