Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • कैलालीमा सत्ता गठबन्धनका उम्मेदवारले प्रयोग गर्ने गाडी तोडफोड

    कैलालीमा सत्ता गठबन्धनका उम्मेदवारले प्रयोग गर्ने गाडी तोडफोड

    अनलाइन नेपाल
  • सोमबार, २८ कार्तिक २०७९
  • 582
    SHARES

    कैलाली । कैलालीमा सत्ता गठबन्धनका उम्मेदवारले घरदैलो कार्यक्रममा प्रयोग गरेको गाडी अज्ञात समूहले तोडफोड गरेको छ ।

    निर्वाचन क्षेत्र नम्बर–३ प्रदेशसभा क्षेत्र ‘ख’ का उम्मेदवार अमर बहादुर साउँदले प्रयोग गरेको से १ च १५९० नम्बरको गाडी अज्ञात समूहले आइतबार राति तोडफोड गरेको हो ।



    आइतबार घरदैलोका क्रममा वडा नम्बर ५ को भगड्डीम गाउँमा रोकी राखेको गाडीमाथि तोडफोड भएको बताइएको छ । गाडीको पछाडिको भागको सिसा फुटेको छ ।



    गाडीमा कसले तोडफोड गरेको हो भन्ने पहिचान भएको छैन् । इलाका प्रहरी कार्यालय सुखडका अनुसार गाडी तोडफोड गर्ने व्यक्तिको खोजी कार्य भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार