Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कमल थापा भन्छन् - ओली नेतृत्वको सरकार देशको हितमा हुन्छ

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष तथा मकवानपुर-१ का प्रतिनिधिसभा उम्मेदवार कमल थापाले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार देशको हितमा हुने दाबी गरेका छन् । सोमबार बिहान सामाजिक संजाल ट्वीटरमार्फत उनले यस्तो दाबी गरेका हुन् । थापाले विदेशीले कब्जा गरेको लिम्पियाधुरालाई समेटेर नेपालको नक्सा पनि ओलीले बनाएको भन्दै प्रशंसा गरे । साथै नाकाबन्दीको बेला डटेर लड्ने नेता पनि ओली नै भएको उनको भनाई छ । 'कसैलाई तितो लाग्ला तर, भारतले नाकावन्दी गर्दा त्यसको विरोधमा बोल्न डराउने नेताहरु भन्दा त्यसको विरुद्ध डटेर लडने, विदेशीले कव्जागरेको लिम्पियाधुरा विर्सने नेताहरु भन्दा चुच्चे नक्सा बनाउने र विदेशीको प्रेरणामा बनेको गठबन्धन भन्दा ओली नेतृत्वको सरकार देशको हितमा हुन्छ,' उनले ट्वीटरमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077