Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • तोसिमा कार्कीको उम्मेदवारी कायम रहने कि नरहने भन्नेबारे आज टुंगो लाग्ने

    तोसिमा कार्कीको उम्मेदवारी कायम रहने कि नरहने भन्नेबारे आज टुंगो लाग्ने

    अनलाइन नेपाल
  • सोमबार, २८ कार्तिक २०७९
  • 702
    SHARES

    काठमाडौं । ललितपुर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेकी डा.तोसिमा कार्कीको उम्मेदवारी कायम रहने कि नरहने भन्नेबारे सोमबार टुंगो लाग्ने भएको छ ।

    कार्कीविरुद्ध निर्वाचन आयोगले दर्ता गरेको निवेदन सोमबार सर्वोच्च अदालतमा सुनुवाइका लागि पेशी तोकिएको हो ।



    न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासमा सो सुनुवाइको पेसी तोकिएको छ । निर्वाचन आयोगले तोसिमा ‘लाभको पद’मा रहेको भन्दै उमेदावरी खारेज गरेको थियो ।



    आयोगको सो निर्णयविरुद्ध तोसिमाले अदालतमा रिट दायर गरेकि थिइन् ।

    रिटमा प्रारम्भिक सुनुवाइ पछि न्यायाधीश डा. कुमार चुडालको इजलासले तोसिमाको उमेदवारी तत्काल खारेज नगर्न अन्तरिम आदेश दिएको थियो ।

    सोही आदेशविरुद्ध आयोगले अन्तरिम आदेश खारेजीको निवेदन पेस गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार