Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • तोसिमा कार्कीको मुद्दामा सकियो बहस, आजै फैसला आउने

    तोसिमा कार्कीको मुद्दामा सकियो बहस, आजै फैसला आउने

    अनलाइन नेपाल
  • सोमबार, २८ कार्तिक २०७९
  • 552
    SHARES

    काठमाडौं । ललितपुर ३ की स्वतन्त्र उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी सम्बन्धमा परेको रिटमा सर्वोच्च अदालतमा बहस सकिएको छ ।

    उनको उम्मेदवारी कायम रहने वा नरहने विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले यसअघि अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।



    मेडिकल काउन्सिलको निर्वाचित सदस्य लाभको पद ठहर गर्दै निर्वाचन आयोगले कार्कीको उम्मेदवारी खारेज गरेकोमा सर्वोच्चका न्यायाधीश कुमार चुडालको एकल इजलासले अन्तरिम आदेशमार्फत यथावत् राखेको थियो ।



    त्यस विरुद्ध आयोगले दिएको भ्याकेट निवेदन सोमबार न्यायाधीश द्वय ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा सुनुवाइ भएको हो ।

    आजै कार्कीको उम्मेदवारी कायम राख्ने कि अयोग्य घोषणा गर्ने फैसला आउने भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार