Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

रवीन्द्र मिश्रले गरे पशुपतिनाथमा रुद्राभिषेक पूजा

काठमाडौं । विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रले सोमबार बिहान पशुपतिनाथ मन्दिरमा रूद्राभिषेक पूजा गरेका छन्।

धर्मपत्निसहित गएका मिश्रले पशुपतिनाथ मन्दिरका मूल गणेश भट्टसँग रूद्राभिषेक पूजा गरेका हुन्।

रूद्राभिषेक पूजा भगवान पशुपतिनाथको कृपा प्राप्तिका लागि गरिन्छ। रूद्राभिषेक पूजामा भगवान शिवको विभिन्न रूपमध्ये एक शिवलिङ्गको पूजाअर्चना गरेर अभिषेक गरिन्छ।

पूजापछि मिश्रले यो देश आफ्नै जीवनकालमा रूपान्तरण गर्न सकियोस् भन्ने कामना गरेको बताए।

मिश्र काठमाडौं क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका छन् ।

संघीयता र धर्मनिरपेक्षतामाथि जनमतसंग्रहको माग गर्दै आएका मिश्र पछिल्लो समय राजतन्त्र पुनस्स्थापनाको पक्षमा खुलेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077