Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

लमजुङ पुगेर प्रचण्डले भने - ओलीसंग एकता गरेर ज्ञान प्राप्त गरिसकेँ, अब अर्को प्रयोग गर्दिनँ

लमजुङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अहिलेको गठबन्धनलाई २० वर्षसम्म निरन्तर लगिने बताएका छन्।

लमजुङको राइनासमा आज भएको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । प्रचण्डले कम्तिमा १५/२० वर्षसम्म यही गठबन्धनलाई कायमै राख्ने बताए।

उनले भने, ‘एमाले अध्यक्ष केपी शर्मा ओलीले हिटलरको जस्तो शासन गर्न खोजेका रहेछन् । हामीले त्यसको प्रतिवाद गर्यौँ । गठबन्धनलाई चुनावसम्म मात्रै होइन ।

कतिपयले भन्छन् चुनावपछि अर्कै हुन्छन् कि भनेर । त्यस्तो हुँदैन। उपलब्धिमाथि खतरा रहेसम्म दशरपन्ध्र, बीस वर्षसम्म जावस् । अब अर्को प्रयोग हुँदैन ।’

प्रचण्डले केपी शर्मा ओली सत्तामा आएपछि लोकतन्त्र र संविधान च्यातिएको बताए । यो गठबन्धनलाई चुनावसम्म मात्रै नभइ संविधान,

लोकतन्त्र र शान्तिमाथि जबसम्म चुनौती रहन्छ त्यतिबेलासम्म गठबन्धन रहिरहने बताए । उनले ओलीसँग मिलेर ज्ञान प्राप्त गरेर आएको बताउँदै अब फेरि मिल्न नजाने प्रष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077