Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ललितपुर-३ मा तोसिमा कार्कीको उम्मेदवारी कायमै

    ललितपुर-३ मा तोसिमा कार्कीको उम्मेदवारी कायमै

    अनलाइन नेपाल
  • सोमबार, २८ कार्तिक २०७९
  • 1K
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतले ललितपुर- ३ की उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम राख्न दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।

    ललितपुर-३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा.तोसिमा कार्कीको  उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोगले



    दिएको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले उनको उम्मेदवारी कायम राख्न यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।



    मेडिकल काउन्सिलको सदस्यका रूपमा लाभको पदमा रहेको भन्दै निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार कार्कीको मनोनयन खारेज गरिदिएको थियो ।

    उनको उम्मेदवारी कायम रहने वा नरहने विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले यसअघि अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

    न्यायाधीश ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले तोसिमा लाभको पदमा बहाल रहेको भनी मान्न मिल्ने नदेखिएको निष्कर्ष निकालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार