Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

महेश बस्नेत भन्छन्- मेरो बाँकी सम्पूर्ण जीवन राष्ट्रको लागि हुन्छ

काठमाडौं । नेकपा (एमाले) का प्रभावशाली नेता तथा भक्तपुर-२ का प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेतले आफ्नो बाँकी सम्पूर्ण जीवन राष्ट्रको लागि हुने घोषणा गरेका छन् ।

आज (सोमबार) मध्यपुर थिमी नगरपालिका वडा नं. ३ कौशलटारमा क्षेत्र नं. २ ‘ख’ प्रदेश स्तरीय आमसभालाई सम्बोधन गर्दै नेता बस्नेतले अब आफ्नो सम्पूर्ण ध्यान भक्तपुर र राष्ट्रको विकास र समृद्धिको लागि हुने बताए ।

उनले भने, ‘मेरो त घरमा बा आमाले कहिले काहीँ खाना नखाई पुग्यो र खाना छ कि छैन भनेर सोध्यो भने पनि खबर नै गरिनस् भन्नुहुन्छ । परिवारले समेत महेश बस्नेत राष्ट्रको छोरो, दाई, भाई भइसक्यो भन्ने बुझ्नुभएको छ । त्यसैले अब मेरो जीवनको बाँकी समय राष्ट्रको लागि हुनेछ ।’

निर्वाचनको समयमा कांग्रेसले जनतालाई किन्ने प्रयास गरे एमालेका युवाले उक्त रकम खोसी सामाजिक सेवाका कार्यहरूमा प्रयोग गर्ने उल्लेख गर्दै उनले भक्तपुरका जनतालाई भेडा बाख्रा जस्तो किनबेच गर्ने प्रयास नगर्न कांग्रेसलाई चेतावनी समेत दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077