Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आसन्न निर्वाचनमा गठबन्धन फराकिलो मतले विजयी हुने कांग्रेस प्रवक्ता महतको दाबी

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सत्तारुढ गठबन्धनले जित्ने दाबी गरेका छन् ।

सोमबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा डा. महतले निर्वाचनपछि पनि आफ्नो पार्टीको नेतृत्वमा सत्तारुढ गठबन्धनकै सरकार बन्ने समेत दोहोर्‍याए । उनले भने, ‘सत्तारुढ गठबन्धनले फराकिलो बहुमतले विजयी हुनेछ । र यही गठबन्धन नेतृत्वले सरकार बनाउनेछ ।’

प्रवक्ता महतले निर्वाचन पछि पनि आफ्नो पार्टीको नेतृत्वमा सत्तारुढ गठबन्धनकै सरकार बन्ने समेत जिकिर गरे ।

मुलुकलाई स्थिरतासहित सम्बृद्धिको दिशामा अघि बढाउन सत्तारुढ गठबन्धनको विकल्प नभएको उनको भनाई थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077