Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

रामचन्द्र पौडेलाई भोट माग्दै प्रचण्डले भने - मौका परे उहाँले देशको नेतृत्व गर्ने सम्भावना छ

लमजुङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भोट माग्दै
मौका परे पौडेलले देशको नेतृत्व गर्न सक्ने बताएका छन्।

सोमवार पाँच दलीय गठबन्धनले गोरखाको पालुङटारमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।

उनले भने, ‘रामचन्द्रजीको एउटा इच्छा हामी सबैलाई थाहा छ । एकचोटी देशको कार्यकारीको ठाउँमा पुग्ने उहाँको इच्छा छ ।

उहाँलाई तपाईंहरुले ढुक्कसँग जिताउनुभयो भने त्यो सम्भावना बढ्यो । उहाँ भोलि देशको नेतृत्व लिनसक्ने नेता हुनुहुन्छ ।’

नेता पौडेल पनि उक्त सभालाई सम्बोधन गर्न पालुङटार पुगेका थिए। प्रचण्डले लमजुङ, गोरखा र तनहुँका टारहरुलाई मिलाएर ठुलो विकास ल्याउन सकिनेसमेत बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077