Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • निर्वाचनविरोधी समूहमाथि प्रहरीको कडा निगरानी

    निर्वाचनविरोधी समूहमाथि प्रहरीको कडा निगरानी

    अनलाइन नेपाल
  • मंगलबार, २९ कार्तिक २०७९
  • 615
    SHARES

    फाइल तस्विर

    काठमाडौं । आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन बहिष्कार गरेका समूहमाथि प्रहरीले कडा निगरानी थालेको छ ।

    प्रहरीले देशका विभिन्न स्थानबाट निर्वाचन बिथोल्ने गरी हिंसात्मक गतिविधि गर्ने तयारीमा रहेका विभिन्न समूहका ११५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रण लिएकामध्ये ११ जनाविरुद्ध मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ ।



    नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईका अनुसार निर्वाचन बहिष्कार गर्ने समूहमाथि निगरानी बढाउने क्रममा ११ जनाको साथमा विस्फोटक पदार्थ (बारुद) फेला परेको जानकारी दिए ।



    तीमध्ये सात जना तनहुँबाट तथा चार जना बागमती प्रदेशअन्तर्गतका विभिन्न जिल्लामा पक्राउ परेका हुन् । पक्राउ परेकामध्ये १०४ जनालाई हाजिरी जमानतमा रिहा गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन विभिन्न ३१ वटा समूहले बहिष्कार गर्ने घोषणा गरेका छन् । बहिष्कार गरेका समूहले शान्तिपूर्ण गतिविधि गर्ने घोषणा गरे पनि शान्ति सुरक्षामा असर पर्ने गरी गतिविधि सञ्चालन गरेको शङ्कामा ती समूहसँग आबद्ध व्यक्तिमाथि प्रहरीले कडा निगरानी सुरु गरेको हो ।

    निर्वाचनबारे भ्रम फैलाउने र शान्ति सुरक्षामा असर पर्ने गरी कुनै गतिविधि गरे तत्काल नियन्त्रण गर्ने गरी पूर्वतयारीमा रहन प्रहरी प्रधान कार्यालयले देशभरका प्रहरी युनिटलाई परिपत्रसमेत जारी गरेको छ । देशभरका २२ हजार ५३४ मतदान केन्द्रको सुरक्षाका चारवटै सुरक्षा निकायबाट झन्डै तीन लाख सुरक्षाकर्मी परिचालन गरिनेछ । गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार