Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युक्रेनमा रूसी आक्रमणको जी-२० सम्मेलनमा भर्त्सना

काठमाडौं । इन्डोनेसियामा जारी जी-२० राष्ट्रको सम्मेलनले युक्रेनमा रूसको आक्रमणको भर्त्सना गरेको छ ।

सम्मेलनमा सहभागी अधिकांश राष्ट्रका प्रतिनिधिले रूसका कारण युक्रेनमा आर्थिक तथा मानविय संकट उत्पन्न भएको भन्दै भर्त्सना गरेका हुन् ।

जी-२० मा रूसको प्रतिनिधित्व विदेश मन्त्री सर्गेई ल्याभ्रोभले गरेका छन् । सम्मेलनले रूस-युक्रेन युद्धका कारण उत्पन्न खाद्य संकटलाई प्रमुख एजेण्डा बनाएको छ ।

सोमबार सम्मेलनमा सहभागी हुन पुगेका अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ समकक्षी सि चिनफिङसँग भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077