काठमाडौं । अभिनेत्री मनीषा कोइराला काठमाडौं क्षेत्र नम्बर–१ बाट उम्मेदवार रवीन्द्र मिश्रसँगै घरदैलो अभियानमा सहभागी भएकी छिन् ।
आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यका उम्मेदवार मिश्रलाई भोट माग्न अभिनेत्री कोइराला मंगलबार बबरमहलस्थित जनताको घरदैलोमा पुगेकी हुन् ।
घरदैलोको क्रममा कोइरालाले राप्रपाका उम्म्दवारहरुलाई मत दिन मतदातालाई आग्रह गरेकी थिइन् । कांग्रेसका संस्थापक नेता विपी कोइरालाको नातिनीसमेत रहेकी कोइरालाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन वीपीको सिद्धान्तमा इमानदार रहेको दाबी गर्दै आएकी छिन् ।
काठमाडौं १ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका प्रकाशमान सिंह, नेपाल सुशासन पार्टीबाटका उम्मेदवार पूर्व डिआइजी रमेश खरेल, नेकपा एमालेबाट किरण पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बम उम्मेदवार रहेका छन् ।