सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परिवर्तनको रक्षाका लागि यो गठबन्धन भएको बताएका छन् ।
आज सुर्खेतको मेहलकुनामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले सत्ता गठबन्धन शान्ति सम्झौताकै निरन्तरता भएको बताए।
देशमा राजनीतिक परिवर्तन अनुकूल आर्थिक सम्बृद्धि नभएसम्म गठबन्धन कायम रहने प्रचण्डको भनाई छ । उनले भने,‘ गठबन्धन १५ वर्ष जाने छ र देशमा शान्तिको नयाँ युगको सुरुवात हुनेछ ।’
उनले संविधानको रक्षा र शान्ति प्रक्रियाका बाँकी काम र सम्बृद्धिको लागि गठबन्धनको आवश्यक रहेको पनि बताए ।
उनले वामपन्थीको गोलभित्र अहङ्कारी केपी शर्मा ओलीको उदयले बाम गठबन्धन टुटेको बताए ।