Jul 05 2026 | २०८३, आषाढ २१ गते

05 Jul 2026 | आइतवार, आषाढ २१ गते २०८३

आइतवार, आषाढ २१ गते २०८३
images
images

फिल्म फ्लप भएपछि अभिनयबाट विश्राम लिने आमिरको निर्णय

एजेन्सी । भारतीय अभिनेता आमिर खानको पछिल्लो फिल्म ‘लाल सिंह चड्ढा’ फ्लप भएपछि अभिनयबाट विश्राम लिने निर्णय गरेका छन् ।

फिल्म ‘लाल सिंह चड्ढा’ फ्लप भएपछि आमिर चर्चामा छन् । यस अघिका आमिरका फिल्म सबै बक्स अफिसमा सफल नै थिए । यसैबीच आमिरले आफ्नो करियरको बारेमा ठूलो खुलासा गरेका छन् ।

सोमबार भारतको दिल्लीमा भएको एक कार्यक्रममा उनले अब अभिनयबाट केही समय ब्रेक लिने बताएका छन् ।

आमिरको फिल्म ‘लाल सिंह चढ्ढा’ गत अगष्टमा रिलिज भएको थियो ।

अद्वैत चन्दन निर्देशित फिल्म सन् १९९४ मा रिलिज हलिउड फिल्म ‘फरेस्ट गम्प’को हिन्दी रिमेक थियो । यो फिल्मको सामाजिक सञ्जालमा व्यापक विरोध भएको थियो । जसको असर फिल्मको बक्सअफिस कलेक्सनमा देखियो ।

ट्रेलर रिलिज भएलगत्तै फिल्म बहिष्कारको ट्रेण्ड सामाजिक सञ्जालमा सुरु भएको थियो ।

आमिरले अभिनयबाट विश्राम लिन चाहेको भन्दै आमिरले परिवार र बच्चासँग समय बिताउन चाहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077