Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपालविरुद्धको दोस्रो खेलमा यूएईले दियो १९२ रनको लक्ष्य

काठमाडौं । नेपालविरुद्धको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत दोस्रो खेलमा यूएई १९१ रनमा अलआउट भएको छ ।

सोमपाल र ललित तीन-तीन विकेट लिएका छन् । त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको यूएईले ४३.२ ओभरमा अलआउट हुँदै १ सय ९१ रनको योगफल तयार गर्‍यो ।

नेपालको बलिङमा सोमपाल कामी र ललितनारायण राजवंशीले सबै बैभन्दा धेरै ३/३विकेट लिए । यस्तै, करण केसी, गुलसन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले समान १ विकेट लिए ।

यूएईका लागि ओपनर मोहमद वासिमले सर्वाधिक ५० रनको योगदान गरे । उनले ४६ बलमा ३ चौका र ४ छक्का प्रहार गर्र्दै अर्धसतक बनाएर पभेलियन फर्किए ।

आलिसन शराफु ३५ रनमा आउट हुँदा वृत्य अरविन्दले २५ रन जोडे । बासिल हमेद २४ रनमा आउट हुँदा कप्तान चुुन्दाङपोयल रिजवानले २२ रनको योगदान गरे ।

भिस्नु सुकुम्रन १५ रन जोडेर पभेलियन फकँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । पहिलो खेलमा नेपाल यूएईसँग ८४ रनले पराजित भएको थियो । श्रृंखला जित्ने आशा बचाई राख्न आजको खेल जित्नैपर्ने दबाब नेपाललाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077