मोरङ । सत्ता गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' मोरङ पुगेका छन् ।
प्रचण्डसँगै काँग्रेस नेता शेखर कोइराला, प्रवक्ता डा.प्रकाशशरण महतलगायतका नेतहरु मोरङ ६ को सुन्दरहरैंचा ७ को गछिया पुगेका हुन् ।
मोरङ ६ मा प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनको तर्फबाट कांग्रेस नेता शेखर कोइराला उम्मेदवार छन् भने प्रदेशबाट माओवादी केन्द्रको तर्फबाट जीवन आचार्य उम्मेदवार रहेका छन् ।
प्रचण्डले आजै ताप्लेजुङ र खोटाङमा आयोजना गरिने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।