मोरङ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मंसिर ४ को निर्वाचन आम निर्वाचन मात्रै नभएर जनमत संग्रह भएको बताएका छन् ।
मोरङको सुन्दरहरैचामा भएको चुनावी सभामा बोल्दै यो चुनाव अग्रगमन र पश्चगमन रोज्ने जनमत सङग्रह भएको बताएका हुन् ।
प्रचण्डले नेपाललाई पछि धकेल्नेहरूको एमाले नेतृत्वको गठबन्धनलाई पराजित गर्नुपर्ने बताए । गठबन्धनले आर्थिक समृद्धि ल्याउने दाबी गर्दै उनले सुशासन पनि कायम गरिने बताए ।
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले गिरिजाप्रसाद कोइरालाको दाहिने हात भएर काम गरेकै कारण शान्ति प्रक्रिया यहाँसम्म आइपुगे बताए ।
प्रचण्डले आफ्नै ज्वाइँको प्रशंसा गर्दै युवा र गतिशील नेता रहेको बताए । फेरि प्रतिगमनको विरूद्द आन्दोलन गर्नु नपरोस् भन्दै उनले गठबन्धनलाई जिताउन अपिल पनि गरे ।
मोरङ ६ अन्तर्गत प्रदेश सभा १ मा प्रचण्डका ज्वाइँ जीवन आचार्य गठबन्धनका तर्फबाट उम्मेदवार छन् ।