Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

शान्ति सम्झौता पछि मैले गिरिजाबाबुलाई 'जय नेपाल' भनेको थिएँ : प्रचण्ड

मोरङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन दशकौं पछिसम्म जाने बताएका छन् ।

मोरङको सुन्दरहरैँचास्थित गछियामा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

उनले देशभर सत्तारुढ गठबन्धनको पक्षमा लहर आएको दाबी समेत गरे। प्रचण्डले भने, ‘यो गठबन्धन दशकौं पछिसम्म जान्छ ।’

उनले शान्ति सम्झौताकै दिन स्वः गिरिजाप्रसाद कोइराला र आफूले एकअर्कालाई प्रतिकात्मक रूपमा भोट हालेको जिकिरसमेत गरे ।

उनले भने, ‘शान्ति सम्झौता पछि मैले गिरिजाप्रसादतर्फ फर्केर जय नेपाल भनेको थिएँ । उहाँले मतिर फर्किएर लालसलाम भन्नुभयो ।’

गठबन्धनबाट मात्रै मुलुकको विकास सम्भव भएकाले एमालेले देशका लागि केही पनि नगर्ने उनले बताए । उनले शान्ति सम्झौतामा डा। शेखर कोइरालाको महत्वपूर्ण योगदान रहेको बताए ।

शान्ति सम्झौता अघि कोइरालाले आफू र गिरिजाप्रसादबीच छलफल गराउन पुलको भूमिका निर्वाह गरेको उनको भनाइ छ ।

सभालाई सम्बोधन गर्दै उनले शेखर नभएको भए शान्ति सम्झौता हुनेरनहुने विषयमा आफूले बेला–बेला सोच्ने गरेको बताए ।

प्रचण्डले शान्ति, लोकतन्त्र, संविधानको रक्षा र समृद्धिका लागि गठबन्धनभित्र एकअर्कालाई मतदान गर्न पनि अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077