Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • चुनावका लागि काठमाडौँ बाहिरिनेको सङ्ख्या बढ्यो, गाडी नै रिजर्भ गरेर लैजाँदै दलहरू

    चुनावका लागि काठमाडौँ बाहिरिनेको सङ्ख्या बढ्यो, गाडी नै रिजर्भ गरेर लैजाँदै दलहरू

    अनलाइन नेपाल
  • बिहिबार, १ मंसिर २०७९
  • 738
    SHARES

    फाइल तस्विर

    काठमाडौं । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि काठमाडौँ उपत्यकाबाट बाहिरिनेको सङ्ख्या ह्वात्तै बढेको छ ।

    निर्वाचनका लागि मतदान गर्न शैक्षिक आर्जन तथा रोजगारीका लागि काठमाडौँ उपत्यकामा रहेका गाउँघर फर्कन थालेका हुन् ।



    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्ला केही दिनमा उपत्यकाका मुख्य नाकाबाट बाहिरिनेको सङ्ख्यामा वृद्धि भएको जनाएको छ ।



    नयाँ बसपार्क, कलङ्की, बल्खु, कोटेश्वरलगायत स्थानमा टिकट काट्ने सर्वसाधारण दिनदिनै बढ्दै गएका छन् । ट्राफिक प्रहरीले पछिल्ला दिन गाडी रिजर्भ गरेर जानेको सङ्ख्यासमेत बढेको जनाएको छ ।

    निर्वाचन मुखमा विभिन्न राजनीतिक दलले मतदातालाई गाडी रिजर्भ गरेर लैजाने गरेको पाइएको छ । यातायात व्यवसायीका अनुसार हिजो बुधबार र आज बिहीबार काठमाडौँ उपत्यकाबाहिर जाने बस बढी मात्रमा रिजर्भ भएका छन् । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार