Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • राहुल गान्धीको कार्यक्रममा नेपालको राष्ट्रिय गान बजेपछि…

    राहुल गान्धीको कार्यक्रममा नेपालको राष्ट्रिय गान बजेपछि…

    अनलाइन नेपाल
  • बिहिबार, १ मंसिर २०७९
  • 690
    SHARES

    एजेन्सी । बुधबार भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी सहभागी एउटा कार्यक्रममा नेपालको राष्ट्रिय गान बजेपछि रोचक परिदृश्य देखिएको छ ।

    गान्धीले राष्ट्रिय गान बजाउन भनेपछि मञ्चमा नेपालको राष्ट्रिय गान ‘सयौं थुंगा फूलको हामी’ बज्यो । गीत बज्दा सबै उभिए । सुरुमा त गान्धीसहित सबैजना सहज पनि देखिए । केही क्षणपछि असमञ्जस्यताको स्थिति देखियो ।



    बजिरहेको नेपालको राष्ट्रिय गानलाई रोक्दै गान्धीले भारतको गीत ‘जनगणमन’ बजाउन निर्देशन दिए । फेरि पनि गान्धीले राष्ट्रिय गीत बजाउन भने दोस्रोपटक पनि नेपालको राष्ट्रिय गीत बज्यो ।



    हुन त यो प्राविधिक गल्ती थियो तर यो भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

    केही समयको अन्योलपछि बल्ल भारतको राष्ट्रिय गान बज्यो । यो किस्सालाई लिएर राहुल गान्धी ट्रोल बनिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार