Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

ओली नेतृत्वमा सरकार बन्ने‍ कुनै सम्भावना छैन : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावपछि केपी ओली नेतृत्वमा सरकार बन्ने‍ कुनै सम्भावना नरहेको बताएका छन्।

कोटेश्वरमा आयोजित चुनावी सभामा नेपालले सो कुरा बताएका हुन्। नेपालले ओलीलाई जन्म दिएको धर्तीप्रति समेत आक्रोश व्यक्त गरे ।

उनले अ‍ोलीलाई कंस र रावणसँग तुलना गर्दै बिर्सेर पनि यस्ता व्यक्तिलाई भोट नदिन आग्रह गरे ।नेपालले भने, 'यस्ता व्यक्तिलाई जन्म दिने कस्तो होला यो धर्ती ? हुन त रामसँगै रावण पनि जन्मिए, कृष्णले कंसको सामना गर्नुपरेको थियो । त्यही कंस र रावण प्रवृतिको जन्म भयो, के गर्ने । ’

नेपालले ओलीप्रति लक्षित गर्दै गफाडीलाई मत दिए देश डुब्ने बताए। नेपालले भने, ‘केपी ओलीको गठबन्धन प्रतिगामी छ। राजावादीसँग गरेको गठबन्धनलाई जनताले कारबाही गर्नैपर्छ।’

नेपालले देशमा शान्ति स्थापना गर्ने र गणतन्त्र ल्याउने कुरामा समेत ओलीको विरोध रहेको बताए । नेपालले ओलीका कुनै पनि कुरामा विश्वास नगर्न मतदातलाई आग्रह गरे ।

ओलीको चुनावी अभियानमा व्यक्ति पूजाबाहेक अरू केही नभएको नेपालको भनाइ छ। ओलीले भ्रष्टाचारीलाई संरक्षण गर्ने गरेको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077