Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मापसे गरी विवाद गर्ने मतदान अधिकृत पक्राउ

नवलपरासी । पश्चिम नवलपरासीमा मादक पदार्थ सेवन गरी विवाद गर्ने मतदान अधिकृतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्लाको रामग्राम नगरपालिका-४ जितपुर घर भई पाल्हिनन्दन गाउँपालिकाको पशु शाखामा कार्यरत ५६ वर्षीय पृथ्वीराज चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

मतदान अधिकृत चौधरीलाई नियन्‍त्रणमा लिएर अनुसन्धान गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

उनी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको लागि सुनवल नगरपालिका-११ वाक्वाणी माध्यामिक विद्यालय सेमराहना मतदानस्थलमा मतदान अधिकृतको रूपमा खटिएका थिए । उनको ठाउँमा वैकल्पिक मतदान अधिकृत खटाइएको छ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077