Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यूएई विरूद्ध नेपालको बलिङमा राम्रो सुरूआत, ३ ओभरमा ३ विकेट

काठमाडौं । एकदिवसीय श्रृङखलाको अन्तिम खेलमा टस जितर फिल्डिङ रोजेको नेपालले यूएई विरूद्ध बलिङमा राम्रो सुरूआत गरेको छ ।

तीन ओभरको समाप्तीमा गुलसन झाले दुई तथा सोमपाल कामीले एक विकेट लिँदै १६/३ को अवस्थामा पुर्याएका छन् ।

दोस्रो ओभरमा आफ्नो पहिलो स्पेल लिएर बलिङमा आएका गुलसनले युएईका ओपनर मोहमद वासिमलाई विकेट किपर आसिफ शेखबाट बोल्ड आउट गराउँदै नेपाललाई पहिलो सफलता दिलाएका थिए ।

यस्तै सोमपालले २।५ ओभरमा वृत्य अरविन्दलाई बोल्ड आउट गरे । ३.१ ओभरमा कप्तान चुन्दनगापोयल रिजवालाई पभेलियन फर्काउँदै गुलसनले नेपाललाई तेस्रो सफलता दिलाए ।

आजको खेल जिते नेपालले यूएईविरूद्ध एकदिवसीय श्रृङखलाको उपाधि उचाल्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077