Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सवारी पार्किङ शुल्क बढ्यो

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सवारी साधन पार्किङको शुल्क बढाएको छ।

प्राधिकरणले मंसिर १ गतेबाट लागू हुने गरी सवारीसाधन पार्किङ शुल्क बढाएको हो।

प्राधिकरणले गत जेठ १५ गतेदेखि लागू हुने गरी जारी गरेको विमानस्थल सेवा शुल्क नियमावलीले दिएको अधिकार प्रयोग गरी पार्किङ शुल्क बढाइएको जनाएको छ।

बढाएको शुल्कअनुसार अब मोटरसाइकल र स्कुटरधनीले प्रतिघण्टा ४० रूपैयाँ तिर्नुपर्नेछ।

यसअघि २०६७ सालको नियमावली अनुसार मोटरसाइकल र स्कुटर तथा रिक्सा पार्किङमा प्रतिघण्टा ५ रुपैयाँ तोकिएको थियो। तर अहिले तय भएको रकम पहिलेको भन्दा ३५ रुपैयाँले बढी हो।

त्यस्तै कारको प्रतिघण्टा २० रूपैयाँ तोकिएको थियो। अहिले तय भएको रकम पहिलेको भन्दा ६० रूपैयाँ बढी हो।

यस्तो छ बढेको शुल्कः

मोटरसाइकल, स्कुटर र रिक्सा : प्रतिघण्टा ४० र प्रतिदिन २४० रूपैयाँ।

कार, जीप, लेमोजिन, टेम्पो : प्रतिघण्टा ८० र प्रतिदिन ४८० रूपैयाँ।

हल्का सवारी साधन (मिनी बस, माइक्रो बास) : प्रतिघण्टा एक सय र प्रतिदिन ६ सय रूपैयाँ।

बस ट्रक (गह्रौ सवारी साधन) : प्रतिघण्टा १५० र प्रतिदिन नौ सय रूपैयाँ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077