Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • फिफा विश्व कप २०२२ : कतारको स्टेडियममा बियरको बिक्रीमा प्रतिबन्ध

    फिफा विश्व कप २०२२ : कतारको स्टेडियममा बियरको बिक्रीमा प्रतिबन्ध

    अनलाइन नेपाल
  • शुक्रबार, २ मंसिर २०७९
  • 1.1K
    SHARES

    एजेन्सी । कतारमा हुने विश्वकप फुटबलको खेलका क्रममा आठ रंगशालामा मदिरा बिक्री नगरिने भएको छ । फिफाले विश्वकप फुटबल सुरु हुनु दुई दिनअघि नै आफ्नो नीति परिवर्तन गरेको थियो, त्यसपछि कतारमा यस्तो निर्णय गरेको हो ।

    मुस्लिम बाहुल्य देश कतारले मदिरा बिक्रीलाई नियन्त्रण गर्ने कडा कानुनको बाबजुद विश्वकप खेलका क्रममा स्टेडियममा तोकिएको क्षेत्रमा रक्सी पिउन अनुमति दिइएको थियो ।



    तर, स्टेडियमभित्रको कर्पोरेट क्षेत्रमा अझै पनि मदिरा पिउन अनुमति दिइएको छ । आइतबार कतार र इक्वेडरबीचको खेलबाट फिफा विश्वकप सुरु हुँदैछ ।



    फिफाको प्रायोजक बडवाइजरलाई विश्वकपको समयमा बियर बेच्ने विशेष अधिकार दिइएको थियो । यस निर्णयपछि फिफाले जारी गरेको विज्ञप्तिमा यो निर्णयले बड जिरोको बिक्रीमा कुनै असर नपर्ने र विश्वकपका खेलहरूमा उपलब्ध गराउन जारी रहने जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार