चितवन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' भोट हाल्न चितवन पुगेका छन्।
आइतबार हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा मतदान गर्नका लागि प्रचण्ड शनिवार नै चितवन पुगेका हुन् ।
उनले चितवन ३ शिवनगरस्थित मतदान केन्द्रमा भोलि हुन गइरहेको चुनावमा मतदान गर्ने छन् । ०७४ सालको निर्वाचनमा प्रचण्ड यहीँ क्षेत्रबाट निर्वाचित भएका थिए।
तर, अहिले त्यहाँ असुरक्षित देखेपछि गोरखा २ बाट उम्मेदवार बनेका छन्। प्रचण्डले चितवन ३ माओवादीबाट डा। भोजराज अधिकारीलाई अघि सारेका छन्।
उनीसँग कांग्रेसबाट विद्रोह गरेका दिनेश कोइराला र जगन्नाथ पौडेलको स्वतन्त्र उम्मेदवारी दिएका छन्। एमालेले कांग्रेसका विद्रोही नेता कोइरालालाई सघाएको छ।