चितवन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्रीकै कारण गठबन्धन नटुट्ने बताएका छन् ।
चितवनमा मतदानपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
उनले भने, ‘प्रधानमन्त्रीकै कारणले गठबन्धन टुट्दैन । जबसम्म संविधान, समृद्धिमा प्रश्न रहन्छ तबसम्म यो गठबन्धन कायमै रहन्छ ।’
प्रचण्डले चितवन र गोरखा दुवै जिल्लालाई उतिकै महत्व दिने समेत बताए । चितवन आफ्नो घर भएकोले र गोरखा २ आफ्नो निर्वाचन क्षेत्र भएको नाताले दुवै ठाउँ उतिकै प्राथमिकतामा रहने बताए ।
प्रचण्डले क्षेत्र नम्बर ३ मा पर्ने भरतपुर महानगरपालिका वडा नं- १४ मा रहेको नेपाल पुलिस स्कुल शान्तिपुरको मतदान केन्द्रबाट मतदान गरेका छन् । यसअघि चितवन ३ बाटै निर्वाचित भइका उनी यसपटक भने गोरखा-२ मा उम्मेदवार छन् ।