Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुरु भयो फिफा विश्वकप २०२२,आयोजक कतार र इक्वेडर भिड्दै

एजेन्सी। कतारको दोहामा फिफा विश्वकप २०२२ औपचारिकरुपमा सुरुआत भएको छ। आइतबारदेखि सुरु भएर एक महिना चल्ने विश्वकपको उद्घाटन खेलमा आयोजक कतार र इक्वेडर भिड्दै छन्।

केही बेरअघि सुरु भएको विश्वपको उद्घाटन समारोह सकिएर अहिले किक–अफको तयारी हुँदैछ। चर्चित हलिउड अभिनेता मोर्गन फ्रिम्यानले संसारका विभिन्न कुनाबाट फुटबलको महाकुम्भ अवलोकन गर्न कतार पुगेका दर्शकलाई अल बायट रंगशालामा सम्बोधन गरे।

यस्तै, उद्घाटन समारोहकै क्रममा कतारले यसअघिका विश्वकपलाई पनि मस्कट प्रदर्शन गरेर सम्झिएको छ। दक्षिण कोरियाली म्युजिक ब्यान्ड बीटीएसका जङ कुकले ‘ड्रिमर’ गीतमा प्रदर्शनसमेत गरेका छन्।

उनको त्यो गीत विश्वपकको आधिकारिक गीतमध्ये एक हो। कतारका राजा तामिम बिन हमाद अल थानीले सबैलाई स्वागत गर्दै विश्वकप सुरु भएको घोषणा गरेका थिए।

नेपाली समयअनुसार ९ : ४५ बजे रेफ्री ड्यानियल ओर्साटोले ह्विसल बजाएपछि कतार र इक्वेडरबीचको खेल सुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077