Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

काठमाडौं- १ मा प्रकाशमानलाई पछ्याउँदै किरण, रवीन्द्र तेस्रोमा झरे

काठमाडौं । काठमाडौं- १ को जारी मतगणनामा नेपाली कांग्रेसका प्रकाशमान सिंहले आफ्नो अग्रता जारी राखेका छन् ।

पछिल्लो अपडेटअनुसार उनीसँग एमालेका किरण पौडेलको मुख्य प्रतिस्पर्धा देखिएको छ । ४ हजार मतको गणना सकिँदा सिंहले १११८ मत ल्याउँदै अग्रस्थान कायम गरेका हुन् ।

उनलाई पछ्याउँदै एमालेका पौडेलले १०१९ मत ल्याएका छन् । यसअघि दोस्रोमा रहेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र तेस्रोमा झरेका छन् ।

उनको मत संख्या ८९६ रहेको छ । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमले २५७ मतका साथ चौथो स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077