Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • मुस्ताङका तीनै सिटमा कांग्रेसको ‘क्लिन स्वीप’

    मुस्ताङका तीनै सिटमा कांग्रेसको ‘क्लिन स्वीप’

    अनलाइन नेपाल
  • सोमबार, ५ मंसिर २०७९
  • 726
    SHARES

    मुस्ताङ । मुस्ताङको प्रदेश सभा (ख) मा पनि नेपाली कांग्रेसका विकल शेरचन विजयी भएका छन् । शेरचनले नेकपा एमालेका चन्द्रमोहन गौचनलाई एक सय ५८ मतले पराजित गरेका हुन् ।

    दुई हजार सात सय ३० मतसहित शेरचन विजयी बन्दा उनका निकटतम प्रतिस्पर्धी एमालेका गौचनले दुई हजार पाँच सय ६५ मत प्राप्त गरे ।



    नेकपा एमालेका जिल्ला अध्यक्ष गौचन २०७४ सालको चुनावमा समानुपातिकतर्फ प्रदेश सभा सदस्य थिए । योसँगै मुस्ताङमा प्रतिनिधि सभा र प्रदेश सभामा प्रत्यक्षतर्फका सबै ठाउँमा कांग्रेस विजयी बनेको छ ।



    मुस्ताङको प्रतिनिधिसभातर्फ कांग्रेसकै योगेश गौचन विजयी बनेका छन् भने प्रदेशतर्फको ‘क’मा कांग्रेसकै नम्डु गुरुङले जित हासिल गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार