Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रतिनिधिसभामा नेपाली कांग्रेसको दोस्रो जित, मनाङबाट टेकबहादुर गुरुङ निर्वाचित

    प्रतिनिधिसभामा नेपाली कांग्रेसको दोस्रो जित, मनाङबाट टेकबहादुर गुरुङ निर्वाचित

    अनलाइन नेपाल
  • सोमबार, ५ मंसिर २०७९
  • 744
    SHARES

    काठमाडौं । हिमाली जिल्ला मनाङबाट प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले दोस्रो जित निकालेको छ ।

    मनाङमा कांग्रेस उम्मेदवार टेकबहादुर गुरुङ नेकपा एमालेका उम्मेदवार पोल्देन छोपाङ गुरुङलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।



    टेकबहादुरले २ हजार २५ मत प्राप्त गर्दा पोल्देनले १ हजार ८ सय ३० मत पाएका छन् । उनीहरुबीच १ सय ९५ मतान्तर रहेको छ ।



    यसअघि प्रदेश सभा ‘क’ मा नेपाली कांग्रेसका मुनिन्द्रजङ गुरुङ निर्वाचित भइसकेका छन् । यस्तै, प्रदेश सभा ‘ख’ मा स्ततन्त्र उम्मेदवार राजिव गुरुङ (दिपक मनाङे) निर्विरोध भएका थिए ।

    मनाङमा ७१ दशमलब ४७ प्रतिशत मत खसेको छ । कूल मतदाता ६ हजार ७ सय ७९ रहेकोमा रिपोर्ट अनुसार ४ हजार ८ सय ४५ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार