Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • इण्डोनेसियामा भूकम्पमा परेर मृत्यु हुनेको संख्या १६० पुग्यो

    इण्डोनेसियामा भूकम्पमा परेर मृत्यु हुनेको संख्या १६० पुग्यो

    अनलाइन नेपाल
  • मंगलबार, ६ मंसिर २०७९
  • 657
    SHARES

    एजेन्सी । इण्डोनेसियाको पश्चिम जाभा प्रान्तमा गएको भूकम्पमा परेर मृत्यु हुनेको संख्या १६० पुगेको छ ।

    सोमबार गएको भूकम्पमा सयौँ घाइते भएका छन् । ५.६ म्याग्निच्युडको भूकम्पको केन्द्रबिन्दु राजधानी जकार्ताबाट करिब ७५ किलोमिटर ९४५ माइल० दक्षिणपूर्वमा रहेको पहाडी पश्चिमी जाभाको सियानजुर सहर नजिक थियो ।



    भूकम्पमा परी गम्भीर घाइते भएकामध्ये केहीको सियानजुर क्षेत्रीय अस्पतालमा मृत्यु भएको तथा अन्य सयौँ घाइते भएका राष्ट्रिय प्रकोप न्यूनीकरण इकाइले जनाएको छ ।



    भूकम्प प्रभावित सियानजुर वरपरका क्षेत्रका धेरै स्थानमा पहिरो खसेको, विद्यालय, अस्पताल, सार्वजनिक सुविधाका भवन भत्किएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार