Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • इन्डोनेसियाको जाभा टापुमा शक्तिशाली भूकम्प

    इन्डोनेसियाको जाभा टापुमा शक्तिशाली भूकम्प

    अनलाइन नेपाल
  • आइतबार, १८ मंसिर २०७९
  • 525
    SHARES

    क्वालालम्पुर । इन्डोनेसियाको जाभा टापुमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा एक जना घाइते भएका छन् ।

    भूकम्पको म्याग्निच्युड ५.७ थियो भने गहिराई ११२ किलोमिटर (७० माइल) थियो ।



    भूकम्पको केन्द्रबिन्दु पश्चिम जाभा सहर बञ्जरबाट १८ किलोमिटर दक्षिणपूर्वमा रहेको संयुक्त राज्यको भूगर्भ सर्वेक्षणले जनाएको छ।



    तर इन्डोनेसियाको मौसम विज्ञान निकाय बीएमकेजीले सो भूकम्पको म्याग्निच्युड ६ दशमलब ४ रहेको जनाएको छ ।

    भूकम्प राजधानी क्वालालम्पुरसहित विभिन्न क्षेत्रमा महसुस गरिएको थियो । इन्डोनेसियामा बारम्बार भूकम्प जाने गर्छ । गत महिना गएको विनाशकारी भूकम्पका कारण सहरमा ३३ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।

    भूकम्पले पुर्याएको क्षतिको पूर्ण विवरण सार्वजनिक हुन बाँकी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार