Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएपछि म्याग्दीमा मतगणना स्थगित

म्याग्दी । म्याग्दीमा मतदान अधिकृतले हस्ताक्षर नगरेका मतपत्र फेला परेपछि मतगणना स्थगित भएको छ ।

मालिका गाउँपालिका ५ देवस्थान केन्द्रको मतगणनाका क्रममा प्रतिनिधिसभा तर्फका एकसय २ मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएपछि विवाद सुरु भएको हो ।

विवादसँगै मतगणना रोकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

हस्ताक्षर नभएको मतपत्र फेला परेपछि गठबन्धनले छानबिन र कारबाहीको माग गरेका छन् ।

म्याग्दीमा एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र र २ प्रदेश सभा निर्वाचन क्षेत्र छन् । हालसम्म सत्ता गठबन्धनका उम्मेदवारहरूले अग्रता लिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077