Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएपछि म्याग्दीमा मतगणना स्थगित

    मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएपछि म्याग्दीमा मतगणना स्थगित

    अनलाइन नेपाल
  • मंगलबार, ६ मंसिर २०७९
  • 1.1K
    SHARES

    म्याग्दी । म्याग्दीमा मतदान अधिकृतले हस्ताक्षर नगरेका मतपत्र फेला परेपछि मतगणना स्थगित भएको छ ।

    मालिका गाउँपालिका ५ देवस्थान केन्द्रको मतगणनाका क्रममा प्रतिनिधिसभा तर्फका एकसय २ मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएपछि विवाद सुरु भएको हो ।



    विवादसँगै मतगणना रोकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।



    हस्ताक्षर नभएको मतपत्र फेला परेपछि गठबन्धनले छानबिन र कारबाहीको माग गरेका छन् ।

    म्याग्दीमा एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र र २ प्रदेश सभा निर्वाचन क्षेत्र छन् । हालसम्म सत्ता गठबन्धनका उम्मेदवारहरूले अग्रता लिइरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार