Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • दोलखामा राति ९ बजेदेखि मतगणना

    दोलखामा राति ९ बजेदेखि मतगणना

    अनलाइन नेपाल
  • बिहिबार, १५ मंसिर २०७९
  • 1.1K
    SHARES

    दोलखा । दोलखामा प्रतिनिधिसभा सदस्यका लागि आज राति ९ बजेबाट मतगणना सुरू हुँदैछ ।

    मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार सर्वदलीय बैठक बसेर ९ बजेदेखि प्रतिनिधिसभा सदस्यको मतगणना सुरू हुने र भोलिदेखि प्रदेशसभा सदस्यको पनि मतगणना गर्न सुरू गर्ने जानकारी दिए ।



    दोलखामा प्रतिनिधिसभा सदस्यका लागि वाम–लोकतान्त्रिकबाट नेकपा माओवादी केन्द्रका गङ्गा कार्की, नेकपा एमालेबाट बालकृष्ण शिवाकोटीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।



    दोलखाको १० मतदान केन्द्रमा आज पुनःमतदान भएको थियो । शान्तिपूर्णरूपमा मतदान भएको र ५० प्रतिशत मत खसेको मतदान अधिकृत श्रेष्ठले जानकारी दिए । उक्त जिल्लाको बाँकी स्थानमा यही मङ्सिर ४ गते मतदान सम्पन्न भएको थियो ।

    प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र रहेको दोलखामा जम्मा ९४ मतदानस्थल र १९५ मतदान केन्द्र रहेका थिए । कूल एक लाख ६१ हजार ४५० मतदाता रहेको यस क्षेत्रमा १४ राजनीतिक दल र सात स्वतन्त्र गरी २१ उमेदवार रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार