Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • भरूवा बन्दुक पड्किँदा दोलखामा एक युवाको मृत्यु

    भरूवा बन्दुक पड्किँदा दोलखामा एक युवाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, १७ मंसिर २०८०
  • 534
    SHARES

    सांकेतिक तस्विर

    दोलखा । भरूवा बन्दुक पड्किँदा दोलखामा एक युवाको मृत्यु भएको छ।

    तामाकोशी गाउँपालिका वडा नम्बर २ झुलेस्थित जंगलमा २२ वर्षीय सञ्जिव कार्कीको शनिबार मृत्यु भएको हो ।



    भरूवा बन्दुक लिएर कार्कीसहित सात जना गए राति घरनजिकै जंगलमा सिकार खेल्न गएका थिए।



    कार्कीले भरूवा बन्दुक पड्काउँदा आफैंलाई लागेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

    प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। उनीहरूको नाम प्रहरीले खुलाएको छैन।

    घटनास्थलमा प्रहरी पुगेर मुचुल्का गरी शव पोस्टमर्टमका लागि पशुपति चौलागाईं अस्पतालमा पठाएको छ।

    घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार