Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • खुकुरी प्रहारबाट प्रहरी जवानसहित तीन जना घाइते

    खुकुरी प्रहारबाट प्रहरी जवानसहित तीन जना घाइते

    अनलाइन नेपाल
  • शुक्रबार, १९ असोज २०८०
  • 10.9K
    SHARES

    फाइल तस्विर

    दोलखा । दोलखामा खुकुरी प्रहारबाट एक प्रहरी जवानसहित ३ जना घाइते भएका छन् ।

    घाइते हुनेमा दोलखाको शैलुङ गाउँपालिकामा खुकुरी प्रहारबाट रामबहादुर तामाङ,जेनिशा तामाङ र प्रहरी जवान भुप श्रेष्ठ छन्।



    घरायसी विवाद हुँदा पञ्चबहादुरले आफ्नै बुवा रामबहादुर र दाइकी बुहारी जेनिशालाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।



    साँझ बुबा रामबहादुरलाई खुकुरी प्रहार गरेको र उनलाई बचाउन गएकी बुहारी जेनिशालाई पनि खुकुरी प्रहार गरी घाइते बनाएको दोलखाका प्रहरीले जनाएको छ ।

    खुकुरी प्रहारबाट रामबहादुरको टाउको र कानमा गम्भीर चोट लागेको छ । खुकरी प्रहार गर्ने पञ्चबहादुरलाई नियन्त्रणमा लिने क्रममा उनीहरुलाई हानेको खुकुरीको झटारो लागेर प्रहरी जवान श्रेष्ठ सामान्य घाइते भएका छन् ।

    खुकुरी प्रहार गर्ने तामाङलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार