Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • दोलखाबाट थप ४ किलो सुन बरामद

    दोलखाबाट थप ४ किलो सुन बरामद

    अनलाइन नेपाल
  • आइतबार, १४ असोज २०८०
  • 1.7K
    SHARES

    फाइल तस्विर

    दोलखा । प्रहरीले दोलखाको बिगु गाउँपालिकाबाट चार किलो सुन बरामद गरेको छ ।

    दोलखा प्रहरीले बिगु गाउँपालिका–१ स्थित लामा बगरबाट थप ४ किलो सुन बरामद गरेको हो ।



    प्रहरीले केही दिनअघि दोलखाबाट ७ किलो सुन बरामद गरेको थियो । त्यसको अनुसन्धान गर्दै जाँदा आइतबार थप चार किलो सुन पनि भेटिएको हो ।



    योसँगै दोलखाबाट बरामद भएको सुनको मात्रा ११ किलो पुगेको छ । यसअघि प्रहरीले दुई पटकमा ७ किलो सुन बरामद गरेको थियो । सुन प्रकरणमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा बिगु–१ घर भएका राज तामाङ, २८ वर्षीय केशर तामाङ, २० वर्षीय माधव मगर, १९ वर्षीय पेम्बा तामाङ, ५५ वर्षीय नुर्वु छिरीङ शेर्पा, ३० वर्षीया सुनमाला तामाङ र च्याङ्बा भन्ने चसमान तामाङ छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार