Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • रुकुमपूर्व प्रदेशसभा ‘क’ मा स्वतन्त्र उम्मेदवार सुरुल पुन विजयी

    रुकुमपूर्व प्रदेशसभा ‘क’ मा स्वतन्त्र उम्मेदवार सुरुल पुन विजयी

    अनलाइन नेपाल
  • मंगलबार, ६ मंसिर २०७९
  • 1.2K
    SHARES

    रुकुम । रुकुम पूर्वको प्रदेश सभा क्षेत्र ‘क’ मा स्वतन्त्र उम्मेदवार सुरुल पुन मगर विजयी भएका छन् ।

    सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका तेजबहादुर ओलीलाई ५३३ मतले पराजित गर्दै पुन विजयी भएका हुन् । उनले बिजुलीको बल्ब चुनाव चिन्ह लिएर चुनाव लडेका थिए ।



    स्वतन्त्र उम्मेदवार पुनले चार हजार ४६५ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी ओलीले तीन हजार ९३२ मत प्राप्त गरे ।



    ओली नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हुन् भने पुन नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश समितिका सदस्य रहेका थिए । स्वतन्त्र उम्मेद्वारी दिएपछि उनलाई पार्टीले कारबाही गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार