Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • एमाले रुकुमपूर्व अध्यक्षमा लिलामणि गौतम सर्वसम्मत

    एमाले रुकुमपूर्व अध्यक्षमा लिलामणि गौतम सर्वसम्मत

    अनलाइन नेपाल
  • शुक्रबार, ३० चैत्र २०८०
  • 345
    SHARES

    रुकुमपूर्व । एमाले रुकुम पूर्वको ९औं जिल्ला अधिवेशनबाट लिलामणि गौतम सर्वसम्मत अध्यक्षमा चयन भएका छन् ।

    गौतमको नेतृत्वमा ७८ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरिएको हो ।



    बिहीबार उद्घाटन भएको अधिवेशनपश्चात् आज भएको बन्दसत्रबाट अध्यक्षमा गौतम, उपाध्यक्षमा गोपाल रेउले, सचिवमा तेजेन्द्र बुढा र उपसचिवमा पशुपति खड्का तथा केशकुमारी तुलाचन सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।



    यसका साथै ७ सदस्यीय लेखा समितिको संयोजकमा चिन्तामणि दाहाल र सचिवमा शोभाकर शर्मा निर्वाचित भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार