Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • रुकुम पूर्वको जङ्गलमा दर्जन बढी सकेट बम फेला

    रुकुम पूर्वको जङ्गलमा दर्जन बढी सकेट बम फेला

    अनलाइन नेपाल
  • शुक्रबार, २७ फाल्गुन २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । रुकुम पूर्वको बुर्केसल्ला जङ्गलमा सकेट बम भेटिएको छ । जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर–२ प्वाङको बुर्केसल्ला जङ्गलमा कालो प्लास्टिकको ड्रमभित्र लुकाइ राखेको अवस्थामा सकेट बम फेला परेको हो ।

    बिहीबार दिउँसो बाख्रा चराउन जङ्गलमा गएका स्थानीयले शङ्कास्पद वस्तु देखेपछि वडा कार्यालयमा जानकारी गराएको वडाध्यक्ष जीवन केसीले जानकारी दिए । वडाले इलाका प्रहरी कार्यालय प्वाङमा खबर गरेपछि टोली खटिएको थियो ।



    जङ्गलमा रहेको ओढारमा ड्रमभित्र राखेको वस्तु सकेट बम रहेको प्रहरीले जनाएको छ । बमको सङ्ख्या यकिन नभए पनि दर्जनभन्दा धेरै नै रहेको हुनसक्ने प्रहरीको अनुमान छ ।



    सदरमुकामबाट नेपाली सेनाको टोली गएर डिस्पोज गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार