Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बाँके-२ मा राप्रपाका धवलशमशेर राणा विजयी

बाँके । बाँके क्षेत्र नम्बर २ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि प्रतिनिधिसभा खाता खोलेको छ ।

राप्रपाका धवलशमशेर राणाले २९ हजार ५ सय ७७ मत प्राप्त गर्दै बाँके-२ मा जित हात पारेका हुन् ।

उनले जनता समाजवादी पार्टीका मोहम्मद इश्तियाक राईलाई पराजित गरेका छन् । इश्तियाकले २३ हजार ५ सय २० मत प्राप्त गरे ।

राप्रपा र एमालेबीच बाँके–२ मा गठबन्धन भएको थियो भने जसपाका इश्तियाक एक्लै मैदानमा थिए ।

यस्तै सत्ता गठबन्धनका उम्मेदवार कांग्रेसका सुदीप नरसिंह राणाले ४ हजार ४०३ मत ल्याए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077